कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कक्षा १२ को परीक्षा जेठको दोस्रो साता गर्ने बोर्डको तयारी


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न तयारी गरेको छ ।

आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइनबाट नै पठाउने तयारी गरेको छ ।

यस वर्षको कक्षा १२ को परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस