रुसी आक्रमणको विरोध गर्नेलाई पुटिनले दिए चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुसी आक्रमणको विरोध गर्नेलाई पुटिनले दिए चेतावनी


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई चेतावनी दिएका छन्। पुटिनले रुसमाथि थप प्रतिबन्ध लगाएर स्थितिलाई नराम्रो बनाउन नहुने बताएका छन्।

एक सरकारी बैठकलाई सम्बोधन गर्दै गर्दा पुटिनले यस्तो टिप्पणी गरेको रुसको सरकारी समाचार च्यानल रोसिया २४ मा देखाइएको थियो।
यस क्रममा पुटिनले छिमेकीहरू विरुद्ध आफ्नो कुनै खराब नियत नभएको दाबी गरे।

छिमेकी राष्ट्रहरूले सम्बन्धलाई थप बिगार्न अन्य कुनै पनि कदम नचाल्ने रुसी सरकारको विश्वास रहेको उनले बताए। पुटिनले थपे, ‘मलाई लाग्छ कि सबै राष्ट्रले एकअर्कालाई सहयोग गर्न र सम्बन्ध सुधार गर्ने बारे सोच्नु पर्छ।’

पुटिनले आफ्नो पहिलेको दाबी दोहोर्‍याउँदै रूसी सेनाको कारबाही रसियाविरुद्धका केही प्रतिक्रियाको कारबाही मात्र भएको बताए। पश्चिमी देशका विदेशमन्त्रीहरू रुसमाथि कसरी दबाब दिने भनेर ब्रसेल्समा भेला हुने छलफल भइरहँदा पुटिनको यस्तो भनाइ आएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस