काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान


२० फाल्गुन २०७८, शुक्रबार


राँझा । नेपाली काँग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ ।

बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । काँग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् ।

बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस