आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने : प्रदेश प्रमुख शेरचन


२० फाल्गुन २०७८, शुक्रबार


कपिलवस्तु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिएका छन् ।

उनले आत्मरक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मानवअधिकारको उल्लङ्घन राज्य पक्षबाट पनि हुने गरेको जिकिर गरे ।

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरूको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उनले जोड दिए ।

लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ भोगेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । तिलोत्तम नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामाजिक परिस्थितिका कारण अझै पनि हाम्रो मानवअधिकार सुरक्षित हुन नसकेको बताए ।

उक्त आयोगले आयोजना गरेको सो कार्यक्रममा प्रदेशका १२ जिल्लाका मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको छ । सम्मेलन भोलि समापन हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस