अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छ : राष्ट्रसङ्घ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अन्तर्राष्ट्रिय समुदायले तालिबानसँग काम गर्नुपर्छ : राष्ट्रसङ्घ


१९ फाल्गुन २०७८, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । विभिन्न अन्तर्राष्ट्रिय समुदायले तालिबान सरकारसँग काम गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष दूतले सो कुरा बताएका हुन् । उनले यस विषयमा भनेका छन्, ‘हुन त विश्व समुदायलाई तालिबानसँग काम गर्न, उनीहरूसँग व्यवहार गर्न मन छैन होला तर पनि यो बाध्यता हो कि विश्वले तालिबानसँग काम गर्नुपर्ने अवस्था छ ।’

संयुक्त राष्ट्रसङ्घीय विशेष दूत डेबोरा लियोन्सले भने, ‘अहिले यहाँका नागरिक निकै अप्ठेरोमा परेका छन्, अब विश्व समुदायले ती नागरिकका लागि पनि तालिबान सरकारसँग काम गर्नु जरुरी छ ।’ संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा अफगानिस्तानका बारेमा जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् ।

उनले अहिले विश्व समुदाय तालिबानबाट टाढा रहेको तर पनि यस्तो अवस्थामा यहाँका नागरिकले भने दुःख पाएको भन्दै तर अब त्यहाँका नागरिकका लागि पनि तालिबानहरूसँग सहकार्य गर्नुपर्ने अवस्था आएको बताए ।

अफगानिस्तानमा तालिबान शासन आएपछि यहाँका नागरिकलाई ठुलो मानवीय सहायताको खाँचो परेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस