२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आउनुस् एमसीसी सम्झौता कहाँ-कहाँ राष्ट्रघात छ म देखाइदिन्छु : रावल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी अनुमोदन गर्नेलाई इतिहासले राष्ट्रिय गद्धार अंकित गर्ने बताएका छन् ।

एमाले अछाम–काठमाडौँ सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले संसदमा चिच्याएर अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताएका छन् ।

रावलले संसदमा बहस कहाँ गर्ने भनेर प्रश्न गर्ने काँग्रेस महामन्त्री गगन थापा र एमसीसी सम्झौता नेपालले नै छनोट गरेको हो भन्ने जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्तिको जवाफ पनि दिए ।

उनले भने, ‘संसदमा जसरी छलफल नगरी चिच्याएर सत्ता गठबन्धनले अनुमोदन गरिएको छ, यसले नेपालको स्वाधीनता र निर्णय गर्ने क्षमतामा गम्भीर आघात पुगेको छ । यसमा संलग्नलाई इतिहासले राष्ट्रिय गद्धार भनेर अंकित गर्नेछ ।’

रावलले एमसीसी सम्झौताको बहसमा को को आउने हो आउ भनेर चुनौती दिए । रावलले भने, ‘अर्थमन्त्री, परराष्ट्रमन्त्री, महामन्त्री, को को छन् ? आउनुस् । म उहाँहरुलाई यो सम्झौता कहाँ कहाँ राष्ट्रघात छ भनेर देखाइदिन्छु ।’

उनले थापालाई जवाफ दिँदै भने, ‘उहाँ (गगन)ले अमेरिकी कानुन कहाँ छ, हावादारी कुरा गर्ने भन्नुभयो । म उहाँलाई पढेर सुनाउँछु । कहाँ लेखेको छ भन्ने काँग्रेस महामन्त्री र प्रधानमन्त्री सबैलाई सुनाउँछु ।’

रावलले एमसीसी नेपालले नै छनोट गरेको भन्ने बाबुरामलाई पनि जवाफ फर्काएका छन् । उनले भने, ‘सम्झौता नेपालले छनोट गरेको होइन । एमसीसीका ११ जना कर्मचारीले प्रतिवेदन बनाएका हुन् ।’

पूर्वप्रधानमन्त्रीजस्तो पोर्टफोलियो नाघेर एमसीसीलाई पत्र लेखेकोमा प्रचण्डको आलोचना गर्दै रावलले व्याख्यात्मक घोषणा ठगात्मक घोषणाबाहेक केही नभएको बताए ।