न्यायपरिषदले स्थानीय तह निर्वाचनका लागि आयोगमा पठायो ४६७ अधिकृतको नाम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

न्यायपरिषदले स्थानीय तह निर्वाचनका लागि आयोगमा पठायो ४६७ अधिकृतको नाम


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । न्याय परिषदले स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । परिषदको सोमबारको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो ।

हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । सिन्धुली र रामेछापका जिल्ला न्यायाधीश अरु काममा समेत व्यस्त भएकाले उनीहरुको ठाउँमा अरु नाम पठाइएको छ ।

७७ जिल्लाका एक/एक न्यायाधीश बाहेक जगेडाका लागि थप १७ गरी कुल ९२ जना न्यायाधीशको नाम पठाइएको हो । उनीहरु जिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृत भई मुख्य निर्वाचन अधिकृतको भूमिका समेत निर्वाह गर्नेछन् ।

त्यसैगरी न्यायसेवाको विभिन्न समूहबाट ३७५ जना उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । न्यायप्रशासन समूहबाट १७९, कानून समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ जनाको नाम पठाइएको हो ।

उनीहरु सबै उपसचिवस्तरका कर्मचारी हुन् । आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाबाट करिव ३०० कर्मचारीहरुको नाम सिफारिस हुने अनुमान गरेकोमा न्यायपरिषदले डेढ सयभन्दा बढी कर्मचारीको नाम सिफारिस गरेको हो ।

७५३ स्थानीय तहको निर्वाचनका लागि अब अपुग हुने करिब ३०० कर्मचारी निर्वाचन आयोगले सरकारसँग माग गर्नेछ । अपुग भएका निर्वाचन अधिकृतहरु निजामती प्रशासनको उपसचिवस्तरका कर्मचारी खटाई परिपूर्ति गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस