हुम्लामा छोटो तथा लामो दूरीका यातायातमा नयाँ भाडादर निर्धारण « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हुम्लामा छोटो तथा लामो दूरीका यातायातमा नयाँ भाडादर निर्धारण


१८ फाल्गुन २०७८, बुधबार


सिमकोट । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ ।

प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ। हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले सडक सञ्जालसँग नजोडिएको हुम्लामा बाटो इजाजत पत्र बिना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै सो निर्णय गरेको हो ।

यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगर सुर्खेतको परिपत्र अनुसार सो व्यवस्था गरिएको हो ।

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरुपता बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लामा उक्त परिपत्र आएको थियो । हुम्लामा कतिपय गाडी अनुमतिविना सञ्चालन भएका, कालो प्लेटसमेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् ।

सोमबार बसेको बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ । अदानचुलीको गल्फागाड देखी श्रीनगर बजार सम्म ८०, ताँजाकोटको कवाडीदेखि मैला–छपे्रला–चाखुरेसम्म ८८, पैमा देखि सिरुपाटा–गोठेलवाडासम्म ८८ र लयाटा–काडागाउँसम्म ५६ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै छप्रेलादेखि नैकालासम्म ३२, खच्चादेखि भुज्माधारासम्म ४०, सरिसल्ला मैला कवाडी ३१२, सरिसल्ला पिप्पलाङ ४०, लोती–मुगु सिमानासम्म २१६ तथा सरिसल्ला–सर्केगाड ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी माथिल्लो भेगको खार्पुनाथ–खर्पेलगाउ ६०, खार्पुनाथ–बोक्चेगौडा ४०, खार्पुनाथ– सिमकोट १२०, सिमकोट– लिमाटाङ रलिग १५०, सिमकोट–बरागाउँ, ठेहे, दोजाम २२०, सिमकोट– हेप्का १७०, सल्ली–लिमी ५५०, ट्याक्ची–हल्जी १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै सिमकोट–औलधिगा १५०, सिमकोट–लेखधिगा २२०, सिमकोट– लेगधिगा–लिमिलाप्चा ९०० र सिमकोट हिल्सा ९५० भाडादर कायम गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस