आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आजको मौसम : कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

बुधवार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रवार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस