युएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

युएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ।

नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोली मार्च तीन अर्थात् पर्सि (बिहीबार) श्रीलङ्का जानेछ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १३ तारिखमा युएई प्रस्थान गर्नेछ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन् । नेपालले एक दिवसीय शृङ्खलामा युएई र पपुवा न्यु गिनी (पीडनजी)सँग खेल्नेछ ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ तारिखमा शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै दोस्रो खेल युएईसँग मार्च १८ तारिखमा र तेस्रो खेल युएईसँग मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीडनजीसँग मार्च २२ तारिखमा खेल्नेछ । लिग टु अन्तर्गत नेपालसहित युएई, पीडनजी, ओमान, स्कटल्यान्ड, अमेरिका र मानिबिया गरी ७ टोली सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस