टी–२०अन्तर्राष्ट्रिय शृङ्खला : श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’ « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

टी–२०अन्तर्राष्ट्रिय शृङ्खला : श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।

१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रवीन्द्र जडेजा २२, दीपक होडाले २१, र सज्नु सामसनले १८ रनको योगदान गरे । श्रीलङ्काका लाहिरु कुमाराले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍यो ।

श्रीलङ्काका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे। भारतका आभेस खानले २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस