काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिस्ट सङ्गठन र दुई वटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।

सोमबार बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

बन्धकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस