पलविरुद्ध अर्को जाहेरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पलविरुद्ध अर्को जाहेरी


प्रशासन संवाददाता

१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अर्को किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन पीडित आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

जाहेरीमा ७ चैतमा चितवनको गैँडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको प्रहरीले जनाएको छ । जाहेरीमा भनिएको छ, ‘एक दिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए ।’

जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसुरमा किटानी जाहेरी दिएकी थिइन् । तर, शाह फरार भएका थिए ।

आइतबार शाह आफैँ तनहुँ प्रहरीमा हाजिर भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस