राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दल दर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस