सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुङ्गा हान्न लगाउँछन् : ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुङ्गा हान्न लगाउँछन् : ओली


१३ फाल्गुन २०७८, शुक्रबार


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर ढुङ्गा हान्न लगाएको बताएका छन् ।

आज (शुक्रबार) पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुङ्गा हान्न लगाएको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘ त्यही बाटोमा एमसीसी सहयोग पाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुङ्गा हान्दैनन्, ताली बजाउँछन् ।’

‘एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुङ्गा हानिँदैन । नेपाली काँग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुङ्गा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुङ्गा हानिँदैन ।’

काँग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुङ्ग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिँड्छु, ढुङ्गा हान्छन् । अनि थाहा हुँदैन यो के भइरहेको छ भनेर ?’

Tags :
प्रतिक्रिया दिनुहोस