आजको प्रतिनिधिसभा बैठक पनि स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आजको प्रतिनिधिसभा बैठक पनि स्थगित


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । 

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । 

यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस