२४ घण्टामा ३१८ जनामा संक्रमण,५६२ जना संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ३१८ जनामा संक्रमण,५६२ जना संक्रमणमुक्त


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो । ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने, १ जनाको मृत्‍यु भएको छ ।

उनीहरुमध्ये ९३ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस