नेप्सेमा ५९ अंकको गिरावट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्सेमा ५९ अंकको गिरावट


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८.९९ अंकले घटेर २ हजार ६ सय ६१.४४ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।

दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ ।

बिहीबार धेरै घट्नेमा फाइनान्स कम्पनीहरु देखिएका छन् । फाइनान्स कम्प्नीहरुको सब इन्डेक्स ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

उता धेरै बढ्नेमा भने हिमालयन जनरल इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । बजार पुरै घट्दा पनि यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस