लिबियाका प्रधानमन्त्रीद्वारा जुनमा चुनाव गराउने घोषणा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लिबियाका प्रधानमन्त्रीद्वारा जुनमा चुनाव गराउने घोषणा


१० फाल्गुन २०७८, मंगलबार


त्रिपोली । लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन् ।

‘जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ,’ डबेबाहले टेलिभिजन भाषणमा भनेका छन् ।

‘म निर्वाचनमार्फत (कार्यालय) हस्तान्तरण गर्छु, अराजकतामा हात हाल्ने कुरा स्वीकार गर्दिन। निर्वाचन मात्र समाधान हो,’ उनले भनेका छन् ।

प्रतिनिधिसभाले भर्खरै पूर्व गृहमन्त्री फाथी बाशाघालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । निर्वाचित सरकार नबनेसम्म आफू पदमै रहने दबेबाहले बताएका छन् ।

लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम निर्वाचन हुने भनिएको थियो तर प्राविधिक र कानुनी समस्याका कारण अनिश्चितकालका लागि स्थगित गरिएको देशको निर्वाचन आयोगले जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस