प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन चैत दोस्रो साता हुने


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ । सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते सो  अधिवेशन गर्ने निर्णय गरेको हो । 

सङ्घका सचिव डा विष्णु पोखरेलका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस