प्रदेश लोक सेवा आयोग कर्णालीमा पाँचौँको परीक्षा अनिश्चितकालीन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश लोक सेवा आयोग कर्णालीमा पाँचौँको परीक्षा अनिश्चितकालीन स्थगित


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले पाँचौँ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरू अनिश्चित कालका लागि स्थगित गरेको छ ।

प्रदेश आयोगले सोमबार एक सूचना जारी गर्दै सर्वोच्चको उत्प्रेषण आदेशअनुसार यही फागुन १४ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा, समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस