लोक सेवा आयोगका परीक्षा अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा आयोगका परीक्षा अनिश्चितकालका लागि स्थगित


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सेवाका लिखित परीक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार यही फागुन १३ गतेदेखि सञ्चालन हुने इन्जिनियरिङ, कृषि, वन, शिक्षा, स्वास्थ्य, संसद् र विविध सेवाका प्राविधिक तर्फका शाखा अधिकृत वा सो सरहका पदहरूको परीक्षा स्थगित गरेको जनाएको हो । साथै स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदहरूको परीक्षा पनि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस