महारानी एलिजाबेथ कोभिड सङ्क्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महारानी एलिजाबेथ कोभिड सङ्क्रमित


९ फाल्गुन २०७८, सोमबार


लन्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित भएकी छन् । तर उनमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उनी आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहेकी छन् ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उनी सङ्क्रमित भएको खबर बाहिरिएको हो।

‘बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उनी सङ्क्रमित भएको पुष्टि गरेको छ ।’ उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बताइएको छ । उनले कोभिडविरुद्धको खोप भने लगाइसकेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस