९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ


९ फाल्गुन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

विमान स्थल कार्यालयका अनुसार चेकजाँचका क्रममा ७७ लाख १९ हजार ६ सय बराबरको ९३६ ग्राम सुन भन्सार छली अवैध रुपमा ल्याउँदै गरेका बंगलादेशका मोहमद टोफीकूई उल्लाहलाई पक्राउ गरिएको हो ।

उनलाई भन्सार छली सुन ल्याउन लगाउने भारतीय नागरिक पारस नाथ शाहलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस