ओलीको गृहमन्त्रीलाई टेलीफोन : तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ? « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओलीको गृहमन्त्रीलाई टेलीफोन : तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ ?


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई टेलीफोन गरेका छन् ।

अध्यक्ष ओलीले गृहमन्त्री खाणलाई फोन गरेर हिजो बानेश्वरमा प्रदर्शनबारे जिज्ञासा राखेका छन् । सोमबार कालु पाण्डेको समाधीस्थलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराएका हुन् ।

उनले भने, ‘मैले आज गृहमन्त्रीलाई भने-तपाईं पुलिस किन सडकमा पठाउनुहुन्छ? कत्रो दुःख गरेर बाटो बनाएको छ, सरकारमा हुने क्रान्तिकारीहरूले भत्काएका छन् । कोही छैन यो देशमा नभत्काऊ भन्ने ? कस्तो सरकार हो ?’

ओलीले प्रदर्शनकारीबाट प्रहरी कुटिँदा पनि त्यसको प्रतिरक्षा गर्न किन आदेश नदिएको भने आफूले गृहमन्त्रीलाई प्रश्न गरेको बताएका छन् ।

‘प्रहरी कुटाइ खाएर भागेको छ । २५ जना मान्छेले ढुंगा हानेको छ । डेढ सय प्रहरी पछाडि भाग्दै छ । केही पनि आदेश हुँदैन,’ उनले भने ।

‘मैले गृहमन्त्रीलाई सोधेँ, ढुंगा हान्ने मात्रै आदेश थियो ? के आदेश थियो ?,’ उनले भने । प्रहरी कुटिएको बारे पनि आफूले गृहमन्त्रीसँग बुझेको ओलीले जानकारी गराए । ओलीले भने, ‘मैले गृहमन्त्रीलाई सोधेँ प्रहरी किन कुटिए ? कति घाइते भए ?’

Tags :
प्रतिक्रिया दिनुहोस