सेयर बजारका सबै सूचक बढे, कारोबार रकम घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेयर बजारका सबै सूचक बढे, कारोबार रकम घट्यो


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २५.४१ अङ्कले बढेर २७१८ अङ्कमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । हिजो (आइतबार) ४ अर्ब ८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ९९ करोडमा सीमित भयो ।

बैङ्किङ १६, व्यापार ८, होटल तथा पर्यटन ३४, विकास बैङ्क २२, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बीमा ३९, उत्पादन ६६, अन्य २९, लघुवित्त १२, जीवन बीमा १९ र लगानी उपसमूह १ अङ्कले बढे ।

कुल १५४ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ४ को स्थिर रह्यो । युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको मूल्य ९.६ तथा नेपाल हाइड्रो डेभलपर्सको ७.१ प्रतिशतले बढ्यो ।

कारोबारका आधारमा नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस