बैंकिङ कसुर मुद्दामा ग्रिनलाइनका सञ्चालक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैंकिङ कसुर मुद्दामा ग्रिनलाइनका सञ्चालक पक्राउ


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई परेका छन् ।

चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौँले अग्रवालाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको छ ।

५० लाख रुपैयाँको चेक बाउन्सको अभियोगमा करिब ६ महिनाअघि नै टंक समशेर जबरा र संजय अधिकारीको उजुरी परेको थियो । सोही उजुरीका आधारमा शनिबार पक्राउ गरिएको हो ।

बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर अमित लगायत ग्रिनलाइनका सञ्चालकहरु फरार भएका थिए । फरार भएको करिब एक महिनापछि आफै प्रहरी सम्पर्कमा आएका थिए ।

राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमइ बैंकबाट साढे ७ करोड, एभरेष्ट बैंकबाट करिब २० करोड र इन्भेष्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाा कर्जा लिएको छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति केही धितो त राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस