इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु


९ फाल्गुन २०७८, सोमबार


तेहरान । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तर पश्चिमी सहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस