भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित


९ फाल्गुन २०७८, सोमबार


नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् ।

यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस