एमसीसीविरोधीले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीको सुरक्षा बढाइयो « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

एमसीसीविरोधीले आक्रमण गर्न सक्ने भन्दै सञ्चारमन्त्रीको सुरक्षा बढाइयो


९ फाल्गुन २०७८, सोमबार


काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए । 

एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

 उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक सई खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस