काँग्रेस–एमालेका कार्यकर्तालाई प्रचण्डको खादा र अबिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस–एमालेका कार्यकर्तालाई प्रचण्डको खादा र अबिर


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ – नेपाली काँग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् ।

उनीहरूलाई सोमबार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुम टारमा अबिर र खादा लगाई पार्टी प्रवेश गराएका हुन् । 
कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एक पटक फेरि फैलिएर गएको बताए ।

‘मधेसमा मात्र नभई देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ, यो क्रम जारी रहन्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।  

माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्याशी तथा कार्यपालिका सदस्य रामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् ।

त्यसैसरि सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्व शिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस