कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ


९ फाल्गुन २०७८, सोमबार


धनगढी । कञ्चनपुर प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कको एक होटेलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिंह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका–८ बस्ने २६ वर्षीय चक्र चन्द, वडा नम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्त र होटेल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् ।

उनीहरूको साथबाट ७९ हजार पाँच सय रुपैयाँ र तासको गुड्डीसमेत बरामद गरेर नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस