एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसीसीको विषयमा प्रचण्ड र माधव नेपाल एकमत, संसदबाट अनुमोदन गर्न नदिने


९ फाल्गुन २०७८, सोमबार


काठमाडौँ – एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसदमा एमसीसी टेबल भए पनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् ।

अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।  असहमति र विरोधका बिच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभई सबै तहका जनताको विरोध वा समर्थन हुन हुन सक्ने बताएका छन् । 

यसो गर्न पाउनु सङ्घर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको विषय भएको नेपालको भनाइ छ ।  ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, नेपालले भनेका छन् । 

यसअघि प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताएका थिए ।  आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट गरेका हुन् ।

उनले लेखेका छन्, ‘विवाद र विरोधका बिच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस