एमसीसी कार्यान्वयन गर्न सबै दल लाग्नुपर्छ : मन्त्री कार्की « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमसीसी कार्यान्वयन गर्न सबै दल लाग्नुपर्छ : मन्त्री कार्की


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना कार्यान्वयन गरी समयमै प्रतिफल प्राप्त गर्नका लागि सबै राजनीतिक दलहरू लाग्नु पर्ने बताएका छन् ।

एमसीसी लागु भएसँगै नेपालमा उत्पादित बिजुलीले बजार पाउने उनको भनाइ थियो ।

संसदमा अनुमोदनका लागि टेबल गर्दै कार्कीले बिजुलीको अन्तरदेशीय व्यापारलाई सहयोग पुग्ने बताएका थिए।

समयमै परियोजना कार्यान्वयन गरेर त्यसको प्रतिफल प्राप्त गर्नका लागि सबै राजनीतिक दल लाग्नु पर्छु कार्कीले भने, राष्ट्रिय गौरवको आयोजना भएको त्यसमा राष्ट्रिय सहमति होस् भन्ने उद्देश्यले संसदमा अनुमोदनका लागि ल्याएका हौँ ।

उनले सन्धि ऐन २०७४ को दफा ४ बमोजिम त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।

मन्त्री कार्कीले सदनमा टेबल गर्दा नेकपा माओवादी केन्द्रका सांसद, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरू नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस