एमालेले संसदमा अवरोध कायम राख्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेले संसदमा अवरोध कायम राख्ने


८ फाल्गुन २०७८, आइतबार


काठमाडौं । लामो समयदेखि संसदमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आज (आइतबार)को बैठकमा पनि आफ्नो अवरोध कायम राख्ने जनाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कायम रहने बताए ।

‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ भट्टराईले भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी बेल घेरिराख्छौँ । सभामुखले आफ्नो कदम नसच्याएसम्म विरोध जारी राख्छौँ ।’

सभामुखले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा पनि एमाले उपस्थित छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस