धितोपत्र बोर्डका अध्यक्षले गरे पदभार ग्रहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धितोपत्र बोर्डका अध्यक्षले गरे पदभार ग्रहण


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार उनी बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गरेपछि हमाललाई शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष पद तथा गोपनियताको सपथ गराएका थिए ।

पदभार ग्रहण गर्दै हमालले पुँजी बजार क्षेत्रमा रहेका साना लगानीकर्ताहरुको हितका लागि आफूले काम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस