रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन दाबी « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन दाबी


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् ।

रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ ।

‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन् ।

रुस र युक्रेनको सीमामा ठूलो संख्यामा युक्रेनी जम्मा भएको र उनीहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपतकालीन सहायता गर्न आदेश दिएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस