२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रविधि हस्तान्तरणसँगै सीप सिकाउँदै स्थानीय तह

अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्याक्टर प्रदान गर्यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्याक्टर वितरण गरेको थियो ।

परम्परागत रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्याक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते ट्याक्टर पाएपछि खुसी भएका छन् ।

गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप पनि सिकाउन थालेको छ । हाते ट्याक्टर बिग्रिए मर्मतका लागि पोखरा वा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयम्लाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिए ।

‘कृषकलाई हाते ट्याक्टर त दियौँ, तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सीप पनि दिएका छौँ’, उनले भने, ‘यसले गर्दा कृषकले आफैँले हाते ट्याक्टरको मर्मत गर्न सक्छन् ।’

ट्याक्टरका सामान्य समस्या आउँदा आफैँले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको प्रखुख न्यौपानेले बताए ।

म्याग्दे गाउँपालिका–२ मा सञ्चालित तालिममा १२ जना सहभागी छन् । हाते ट्याक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए ।

‘गाउँपालिकाले कृषकलाई विभिन्न समयमा प्रविधि हस्तान्तरण गरिरहेको छ, यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्’, उनले भने । तालिमका प्रशिक्षार्थी विनोद श्रेष्ठले ट्याकटर मर्मत तालिमले आफूहरुलाई सहज हुने बताए । शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मतसम्बन्धी सहजीकरण गरेका छन् ।