प्रजातन्त्र दिवस मनाइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रजातन्त्र दिवस मनाइयो


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौँको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।

१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस