अक्सिजन प्लान्ट सञ्चालनमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अक्सिजन प्लान्ट सञ्चालनमा


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेस प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन । 

प्लान्टको लागि आवश्यक भौतिक संरचना निर्माण, पाइपलाइन जडान र विद्युत लगायतको व्यवस्थापनका कारण अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाइ भएको प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।

प्रदेश सरकारले ५० लाखमा खरिद गरेर दिएको अक्सिजन प्लान्ट दैनिक २० सिलिन्डर बराबर अक्सिजन उत्पादन गरी वितरण गर्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिए । 

सिलिन्डर मा भर्नका लागि थप अक्सिजन ट्याङ्क राख्नुपर्ने प्रमुख झाले जानकारी दिनुभयो । मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री नवलकिशोर साहले सो प्लान्टको शुक्रवार उद्घाटन गरे।

Tags :
प्रतिक्रिया दिनुहोस