धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ 


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण पछि बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरेका छन् । 

धितोपत्र बोर्ड र नेप्सेबिचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको र त्यसका हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष हमालले सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताएका छन् । 

निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गाना सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएसँगै बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस