पोखराका फिल्म हललाई शनिबारदेखि खुलाउन अनुमति « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पोखराका फिल्म हललाई शनिबारदेखि खुलाउन अनुमति


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । मुलुकको दोस्रो ठुलो फिल्म बजार पोखराका फिल्म हललाई शनिबारदेखि खुला गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) आदेश जारी गर्दै कोरोनाभाइरसको तेस्रो लहरले बन्द हलसहित रात्रिकालीन व्यवसायलाई खुलाउन अनुमति दिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आदेश जारी गर्दै जिल्लामा कोरोनाभाइरसको संक्रमणदरमा कमी आएपछि हलसहितका क्षेत्र खुलाउन अनुमति दिएको जनाएका छन् ।

कास्कीको हल खुलाउन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले पनि बिहिबार सीडीओसँग टेलिफोन संवाद गरेका थिए । दोस्रो ठुलो फिल्म बजारका हल बन्दै राख्दा उद्योगलाई चलायमान बनाउन मुस्किल पर्ने गुनासो अध्यक्ष दाहालले राखेका थिए ।

कास्की जिल्ला प्रशासनले फिल्म हलसहित हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके, ब्यूटीपार्लर लगायतका क्षेत्रलाई खुलाउन भनेको छ ।

डान्सबार, दोहोरी नाचघर, क्लब र रेस्टुरेन्ट लगायतका रात्रिकालीन व्यवसायलाई स्वास्थ्य मापदण्ड पालना गर्दै राती १२ बजेसम्म खुलाउन अनुमति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस