एडिबीसँग थप साझेदारी गर्नुपर्छ : जनार्दन शर्मा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एडिबीसँग थप साझेदारी गर्नुपर्छ : जनार्दन शर्मा


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैङ्क (एडिबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन् ।

आज (शुक्रबार) एडिबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भर्चुअल माध्यमबाट भएको छलफलमा शर्माले नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको उल्लेख गर्दै थप सहकार्यको आवश्यकता औँल्याएका हुन् ।

‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, शर्माले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृङ्खलामा पुर्‍याउन पनि एडिबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’

उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको बताए ।

अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने अर्थमन्त्री शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस