पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।

यस्तै शुक्रबार कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ४५४ रहेको छ । योसँगै नेपालमा ९ लाख ४८ हजार ७८४ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आइसियु र २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस