विश्वकप छनोट : नेपालको शानदार जित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विश्वकप छनोट : नेपालको शानदार जित


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनामा आउट भए ।

नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस