भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक शृङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।

सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका छन् ।

१३ वर्षदेखि चलेको सुनुवाइको क्रममा १ हजार १६३ जनाको बयान लिइएको थियो । प्रहरी र कानुन व्यवसायीहरुले ६ हजार भन्दा बढी प्रमाण जुटाएका थिए ।

अहमदावादको विशेष अदालतका न्यायाधीश अम्बालाल पटेलले ६ हजार ७५२ पानाको फैसलामा ४९ आरोपीलाई दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । आतङ्कवादको आरोपमा एकसाथ ४९ जनालाई पहिलोपटक दोषी ठहराइएको समाचारमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस