कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट


४ फाल्गुन २०७८, बुधबार


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोकेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

आफ्नै दल नेपाली काँग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर शाहीलाई भने उनले प्रवक्ता तोकेका छैनन् ।

उनले तोकिएको जिम्मेवारी प्रचलित कानुनबमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै प्रवक्ता विष्टलाई बधाईसमेत ज्ञापन गरेका छन् ।

विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मङ्सिर १४ गते नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस