बलात्कार आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बलात्कार आरोप लागेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जबरजस्ती करणी गरेको मुद्दा परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिएका छन् ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस