दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक नपर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुबई जाने नेपाली यात्रुलाई ६ घण्टाभित्रको पीसीआर रिपोर्ट आवश्यक नपर्ने


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । दुबई जाने नेपाली यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआरको रिपोर्ट देखाउन आवश्यक नपर्ने भएको छ ।

नेपाल एयरलाइन्सले सूचना प्रकाशित गरी उक्त निर्णयबारे जानकारी दिएको हो ।

तर, काठमाडौँ–दुबई यात्रा गर्ने व्यक्तिले उडानको ४८ घण्टा भित्रको पीसीआर टेस्ट नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम भने कायम रहेको छ ।

यसअघि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्‍यापिड पीसीआर टेस्ट गर्नुपर्ने थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधा दर्जन बढी प्रयोगशालाहरुले ती सेवा प्रदान गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस