सेयर परिसूचकसँगै कारोबार रकम पनि घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सेयर परिसूचकसँगै कारोबार रकम पनि घट्यो


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । १९.८४ अङ्कले घटेर नेप्से परिसूचक २७३४ अङ्कमा कायम भएको छ ।

दिनभर कुल ३ अर्ब २ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि मंगलबार ३ अर्ब २३ करोड तथा सोमबार ३ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

धेरैजसो उपसमूह घटे । बैङ्किङ ५, व्यापार ४३, होटल तथा पर्यटन ३३, विकास बैङ्क ८८, जलविद्युत् ७२, फाइनान्स ४२, निर्जीवन बीमा १०६, उत्पादन ९४ र लघुवित्त उपसमूह ४० अङ्कले घटे ।

अन्य १० र जीवन बीमा उपसमूह २० अङ्कले बढे । ५ कम्पनीको मूल्य स्थिर रहँदा ३२ कम्पनीको बढ्यो भने १५४ को घट्यो ।

गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ३ प्रतिशत बढ्यो । बुद्धभूमि हाइड्रो र मैलुङखोलाको मूल्य ५ प्रतिशतले घट्यो ।

अपी पावर, नेसनल हाइड्रो, अरुणभ्याली, टेलिकम र युनाइटेड इन्स्योरेन्स धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस